Join our Channel

पुँजीबजार सुधारका लागि अर्थमन्त्रीले कार्यदल गठन

पुँजीबजार सुधारका लागि अर्थमन्त्रीले कार्यदल गठन

अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा देखिएका समस्याहरूको अध्ययन गरी सुधारका लागि चार सदस्यीय कार्यदल गठन गरेका छन्।

कार्यदलको मुख्य उद्देश्य पुँजीबजारमा रहेका विकसित विसंगति र चुनौतीहरू पहिचान गरी सुधारका सुझाव र ठोस कार्यान्वयन योजना तयार गर्नु हो। यसले आम लगानीकर्ताको मनोबल वृद्धि गर्न तथा बजारलाई दिगो बनाउने उपायहरू सुझाउने छ।

कार्यदलका सदस्यहरू

  • संयोजक: रुपेश केसी, धितोपत्र बोर्ड, कामु कार्यकारी निर्देशक
  • सदस्य: शरण अधिकारी, नेपाल राष्ट्र बैंक निर्देशक
  • सदस्य: निरन्जन फूयाँल, नेपाल स्टक एक्सचेञ्ज, कामु कार्यकारी निर्देशक
  • सदस्य–सचिव: टंक प्रसाद पाण्डेय, अर्थ मन्त्रालय उपसचिव

कार्यदलको समयसीमा

  • गठनको ५ दिनभित्र ठोस कार्ययोजना प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

अर्थमन्त्री खनालका अनुसार, पुँजीबजार सुधारले लगानीकर्ताको विश्वास बढाउने, बजारलाई सुदृढ बनाउने र प्रक्रियागत सुधार ल्याउने अवसर प्रदान गर्नेछ।

Leave a comment