Join our Channel

२२ लाख नगद र लागुऔषधसहित युवक पक्राउ, सुनचाँदी र हतियार समेत बरामद

२२ लाख नगद र लागुऔषधसहित युवक पक्राउ, सुनचाँदी र हतियार समेत बरामद

बाँकेको नेपालगन्जमा प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र १५.५ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज–१४ का २८ वर्षीय रमेश लोनिया रहेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार राति उनको घरमा खानतलासी गर्दा नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँसहित लागुऔषध बरामद भएको हो।

प्रहरीले लोनियाको घरबाट सुनचाँदीका गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल समेत बरामद गरेको छ।

जिल्ला अदालत बाँकेबाट बुधबार चार दिनको म्याद थप गरी उनलाई हिरासतमा लिइएको छ। साथै, घटनामा अवरोध पुर्‍याउने प्रयास गर्ने चार जनामध्ये दुईजनालाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Leave a comment