
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा तोकिएको छ। बेलायती पाउण्ड एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा रहेको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ रहेको छ। क्यानाडियन डलरको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा छ।
सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा कायम भएको छ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा तोकिएको छ।
कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा रहेको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा रहेको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा छ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा छ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा छ।
कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा तोकिएको छ।
बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा रहेको छ।
ओमानी रियाल एकको खरिददर ३५३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यक परेमा जुनसुकै बेला संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटबाट हेर्न सकिने जनाएको छ।