Join our Channel

सुनको मूल्य २ लाख १७ हजार नाघ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

सुनको मूल्य २ लाख १७ हजार नाघ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

मंगलबार सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर २,१७,१०० रुपैयाँ कायम भएको छ। सोमबार यो मूल्य २,१५,२०० रुपैयाँ थियो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर २,५९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी २,५७५ रुपैयाँमा कारोबार भइरहेको थियो।

यस वृद्धिले बजारमा सुन–चाँदीको माग र मूल्यको स्थिरता दुवैमा नयाँ रेकर्ड कायम गरेको देखिन्छ।

Leave a comment