Join our Channel

सुनको मूल्य घट्यो: एक तोला सुन २ लाख ३९ हजार ९०० मा कारोबार, चाँदी पनि ओरालो

सुनको मूल्य घट्यो: एक तोला सुन २ लाख ३९ हजार ९०० मा कारोबार, चाँदी पनि ओरालो

साताको दोस्रो दिन सोमबार सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य ११ हजार बढीले घटेको थियो भने सोमबार थप २ हजारले घटेर सुनको मूल्यमा ओरालो जारी रहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ प्रति तोलामा कायम भएको छ। अघिल्लो दिन ११ हजार ६०० रुपैयाँ घटेर २ लाख ४१ हजार ९०० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। सोमबार प्रतितोला चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन आइतबार चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ प्रति तोला कायम भएको थियो।

गत कारोबार दिन प्रतितोला चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसरी सुन र चाँदी दुवैको मूल्यमा लगातार ओरालो लागिरहेको छ।

Leave a comment