
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको यस अनलाइन पोर्टलमार्फत ग्राहकहरूले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको विवरण, कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र स्थान (लोकेशन) सहित गुगल म्यापमा जानकारी प्राप्त गर्न सक्नेछन्। ग्राहकले पोर्टलमा उपलब्ध QR कोड स्क्यान गरेर यस पोर्टल https://auctionassistance.nicasiabank.com मा पुग्न सक्छन्।
पोर्टलमा ग्राहकहरूले लिलाम बिक्रीका सम्पत्तिबारे थप जानकारी लिन चाहनु भएमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सोझै बैंकलाई प्रश्न पठाउन सक्ने व्यवस्था गरिएको छ।
बैंकले यस पोर्टलमार्फत नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका सम्पत्तिहरू र अन्य सम्बन्धित जानकारीहरू प्रकाशित गर्ने जनाएको छ। यसरी ग्राहकहरूले अनलाइन पोर्टलमार्फतै सम्पत्तिको विस्तृत विवरण प्राप्त गरी खरिद प्रक्रिया सहज रूपमा अगाडि बढाउन सक्ने बैंकको विश्वास छ।