Join our Channel

लगातार निरीक्षण र निर्देशनमा व्यस्त मन्त्री कुलमान घिसिङ

लगातार निरीक्षण र निर्देशनमा व्यस्त मन्त्री कुलमान घिसिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ लगातार सडक र पुलहरूको निरीक्षण तथा निर्देशनमा व्यस्त देखिएका छन्।

बडादसैँको अवसरमा पनि उनले बिपी राजमार्ग, मध्यपहाडी राजमार्ग र आसपासका सडक खण्ड तथा पुलहरूको स्थलगत अनुगमन गरेका छन्। मन्त्री घिसिङले सम्बद्ध मन्त्रालयका उच्च अधिकारी र प्राविधिकलाई साथमा लिएर काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा रहेका भत्किएका संरचना, अलपत्र पुल र निर्माणाधीन पूर्वाधारहरूको प्रगतिबारे जानकारी लिएका हुन्।

संघीय राजधानी काठमाडौंबाट बिपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले खैरेनीघाटको पुल र मध्यपहाडी लोकमार्गको कार्यप्रगतिबारे समेत अवलोकन गरेका छन्।

बाढी–पहिरोले बिगारेका संरचना तत्काल मर्मत गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भत्किएका पक्की पुलहरूको स्थानमा ‘बेली ब्रिज’ र ‘कल्भर्ट’ बनाउन निर्देशन दिए। साथै सडकमा रहेका खाल्टाखुल्टी छिटो पुरी यातायात सहज बनाउन सम्बन्धित निकायलाई जिम्मेवारी तोकिएका छन्।

यसअघि बुधबार पनि उनले बिपी राजमार्ग अनुगमन गर्दै सडक मर्मत छिटो सम्पन्न गर्न तथा यात्रुलाई सहज यात्रा दिलाउन मातहतका कर्मचारी र निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।

Leave a comment