Join our Channel

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्री अर्यालको निर्देशन

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

देशको परिस्थिति परिवर्तन हुँदै गइरहेको र राष्ट्रिय सुरक्षा संवेदनशील बन्दै गएको सन्दर्भमा उनले नागरिकसँगको सम्बन्ध अझ प्रगाढ बनाउन विपद् व्यवस्थापनको भूमिकालाई मजबुत बनाउनुपर्ने बताए।

गृह मन्त्रालयले असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। यही पूर्वानुमानका आधारमा शुक्रबार आयोजित मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाहलाई निरन्तरता दिन जोड दिए।

बैठकमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागिता थियो।

चारै सुरक्षा निकायका प्रमुख, विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थितिमा उक्त भर्चुअल बैठक सम्पन्न भएको थियो।

Leave a comment