
अबदेखि ई–७ भिसामार्फत नेपाली कामदारले दक्षिण कोरिया जान नपाउने भएका छन्।
वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना जारी गर्दै गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० तत्काल कार्यान्वयन नहुने स्पष्ट पारेपछि ई–७ भिसा बन्द भएको हो।
विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको छ। यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्रै नेपाली कामदारहरू कोरिया गइरहेका थिए।
यस निर्णयसँगै तत्कालका लागि नेपाली कामदारका लागि कोरिया जाने बाटो ई–७ भिसाबाट खुल्ने सम्भावना टरेको छ।