Join our Channel

देशभर वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम बढ्दो

देशभर वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम बढ्दो

मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागका केही स्थान तथा अन्य भागका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। यस अवधिमा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने देखिएको छ।

त्यस्तै, महाशाखाका अनुसार मधेस, कोशी र बागमती प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहाव (Debris Flow) को जोखिम बढ्न सक्ने, ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्ने तथा यातायात अवरुद्ध हुन सक्ने भएकाले सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

Leave a comment