
गृह मन्त्रालयले नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)को नाम सिफारिस गरेको छ। बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फ डीआईजी पद संख्या ५ का लागि सिफारिस प्रकाशित गरेको हो।
मन्त्रालयको सूचनामा भनिएको छ, “नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ५ (पाँच) प्रहरी नायव महानिरीक्षक पदमा बढुवा गर्न मिति २०८२/०७/०९ गते बसेको बढुवा समितिको निर्णय अनुसार सम्बन्धित एसएसपीहरूलाई सो पदमा बढुवाका लागि सिफारिस गरिएको छ। यो सिफारिस प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम (४) अनुसार प्रकाशित गरिएको हो।”
सिफारिसमा परेका वरिष्ठ उपरीक्षकहरू यस प्रकार छन्:
- भूपेन्द्र बहादुर खत्री
- सानु राम भट्टराई
- ओम प्रसाद अधिकारी
- शेखर खनाल
- अबि नारायण काफ्ले
सिफारिस प्रकाशित भएपनि बढुवाको अन्तिम स्वीकृति गृह मन्त्रालय र सम्बन्धित निकायको निर्णयपछि मात्र निश्चित हुनेछ।