
माध्यमिक शिक्षा परीक्षा (एसईई) अब आगामी शैक्षिक वर्षदेखि प्रदेश सरकारकै संयोजनमा सञ्चालन हुने भएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शनिबार बसेको बैठकमा प्रदेशबाट एसईई सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो । यसअघि समितिको उपसमितिले उक्त प्रस्ताव हटाएको थियो । तर, शिक्षा मन्त्रालयले पुनः राखेको प्रस्तावमाथि छलफल हुँदा समितिका सदस्यबीच सहमति जुटेको हो ।
नयाँ निर्णय अनुसार अब राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारमार्फत एसईई परीक्षा सञ्चालन गरिनेछ । शिक्षा नीतिमा गरिएको संशोधन अनुसार, संघीयताको भावना अनुरूप एसईईलाई विकेन्द्रीकरण गर्दै प्रदेश स्तरमै परीक्षण प्रणाली लागू गरिने छ ।
समितिका अनुसार यस निर्णयले स्थानीय तथा प्रदेश तहमा शिक्षाको जिम्मेवारी थप सशक्त बन्नेछ र व्यवस्थापन सरल हुने विश्वास लिइएको छ ।