Join our Channel

चीनको कडा चेतावनी: आतंकवादविरुद्ध एकजुट हुनुपर्ने आग्रह

चीनको कडा चेतावनी: आतंकवादविरुद्ध एकजुट हुनुपर्ने आग्रह
Getty Images

अमेरिकाले ‘द रेजिस्टेन्स फ्रन्ट’ (TRF) लाई विदेशी आतंकवादी संगठन घोषणा गरेपछि चीनले त्यसप्रति कडा प्रतिक्रिया दिएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन सबै किसिमका आतंकवादी गतिविधिको दृढताका साथ विरोध गर्ने बताएका छन्। उनले भने, “चीन सबै प्रकारका आतंकवादको कडा विरोध गर्छ। २२ अप्रिलमा भएको आतंकवादी आक्रमणको पनि हामी कडा निन्दा गर्छौं।”

२२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणमा मुस्लिम आतंककारीहरूले हिन्दू यात्रुहरूको पहिचान गरी छानीछानी गोली प्रहार गर्दा २६ जनाको ज्यान गएको थियो।

प्रवक्ता जियानले आतंकवादविरुद्ध चीनले छिमेकी राष्ट्रहरूबीच सहयोग अझ सुदृढ हुनुपर्ने बताए। उनले थपे, “चीनले क्षेत्रीय सुरक्षा र स्थायित्व कायम गर्न संयुक्त प्रयासको समर्थन गर्छ।”

यस घटनासँगै दक्षिण एशियामा बढ्दो आतंकवादी गतिविधिप्रति चिन्ता व्यक्त गरिएको छ भने अमेरिका, भारत र अन्य राष्ट्रहरूले आतंकवादविरुद्ध चनाखो दृष्टिकोण अपनाउने संकेत दिएका छन्।

Leave a comment