Join our Channel

नेपाल अमेरिकासँग १०६ रनले पराजित, दीपेन्द्र ऐरीको संघर्षपूर्ण ४० रन

नेपाल अमेरिकासँग १०६ रनले पराजित, दीपेन्द्र ऐरीको संघर्षपूर्ण ४० रन

आईसीसी विश्वकप लिग २ को १५औं चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाल ३९.१ ओभरमै १५६ रनमा अलआउट भयो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रनको योगदान दिए। ओपनर आसिफ शेखले ३७ रन, भीम सार्कीले २९ रन र आरिफ शेखले २० रन बनाए। सोमपाल कामीले ११ रन जोड्दा बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न असफल भए।

बलिङतर्फ अमेरिकाका हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ८.१ ओभरमा मात्र २७ रन खर्चेर ६ विकेट लिए। शुभम रन्जानेले २ विकेट लिँदा रुसिल उगारकरले १ विकेट हात पारे।

यस जितसँगै अमेरिकाले लिग–२ को अंकतालिकामा बलियो स्थिति कायम गरेको छ भने नेपालले सुधारका लागि आगामी खेलमा पुनरागमन गर्ने अपेक्षा राखेको छ।

Leave a comment