
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई क्षेत्रमा अवस्थित छ। देशभर मनसुन सक्रिय भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा धेरै स्थानमा
- बाँकी पहाडी भू–भागका केही स्थानमा
- मधेश प्रदेश र अन्य तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनीको तराइ, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ।
- मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा
- बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
कोशी र बागमतीका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।