Join our Channel

गण्डकी र सुदूरपश्चिममा भारी वर्षा चेतावनी, पहिरोको जोखिम बढ्यो

गण्डकी र सुदूरपश्चिममा भारी वर्षा चेतावनी, पहिरोको जोखिम बढ्यो

गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आज भारी वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्छ भने लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी भागमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले जनाएअनुसार राति देशका पहाडी भागमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुनसक्ने हुँदा सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरो र गेग्रान बहाव (Debris Flow) को जोखिम बढ्न सक्ने, ठूला तथा साना नदी-नाला र खोलामा पानीको सतह बढ्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने चेतावनी दिएको छ। सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

Leave a comment