
आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहितका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली मात्र हुने देखिन्छ। यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच महाशाखाले वर्षाका कारण पहिरो, बाढी र नदी–नालाको सतह बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।