Join our Channel

आज संविधान दिवस, झाँकी कार्यक्रम स्थगित गर्दै टुँडिखेलमा मूल समारोह

आज संविधान दिवस, झाँकी कार्यक्रम स्थगित गर्दै टुँडिखेलमा मूल समारोह

आज संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ देशभर मनाइँदैछ। विगतका वर्षझैँ यसपटक पनि दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम हुने तय भएको छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। तर, वर्तमान विशेष राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यसपटक झाँकीलगायतका प्रदर्शन स्थगित गरिएको छ।

संविधान दिवस नेपाली जनताको लामो बलिदान र संघर्षको परिणामस्वरुप आएको ऐतिहासिक उपलब्धि हो। संविधानसभा निर्वाचनपछि गठित दोस्रो संविधानसभाले लामो छलफल र विवादपछि २०७२ असोज ३ गते ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

त्यतिबेला नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए। यस ऐतिहासिक दिनलाई प्रत्येक वर्ष संविधान दिवसका रूपमा हर्षोल्लासका साथ मनाइँदै आएको छ।

Leave a comment