Join our Channel

आज कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

त्यस्तै, राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहन्छ।

मौसम विभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a comment