Join our Channel

कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा चेतावनी

कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा चेतावनी

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ। साथै पहाडी र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने र कोशी, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहने, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, साथै यातायात क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ। सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

Leave a comment