Join our Channel

देशभर आजको मौसम: अधिकांश क्षेत्रमा सफा, कोशी–गण्डकीका पहाडमा आंशिक बदली

देशभर आजको मौसम: अधिकांश क्षेत्रमा सफा, कोशी–गण्डकीका पहाडमा आंशिक बदली

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर उल्लेखनीय कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

महाशाखाका अनुसार, दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, आज राति पनि देशका धेरैजसो ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। केही स्थानमा भने हल्का आंशिक बदली देखिन सक्ने महाशाखाको पूर्वानुमान छ।

मौसमविद्हरूले आजको दिन यातायात, उडान र सामान्य कार्यहरूमा कुनै ठूलो अवरोध नपर्ने बताएका छन्।

Leave a comment