Join our Channel

सोह्र श्राद्ध समापन, भोलिदेखि बडादसैँ सुरु

सोह्र श्राद्ध समापन, भोलिदेखि बडादसैँ सुरु

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार समापन भएको छ। पितृपक्षका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी श्रद्धाञ्जली दिइएको थियो।

पितृपक्षमा १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृलाई सम्झेर पिण्डदान गर्ने परम्परा छ। यसलाई सोह्र श्राद्ध पनि भनिन्छ। शास्त्रीय मतअनुसार, यदि यो समयमा श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाको दिन गर्न सकिने छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञ र अन्य ठूलो कार्य अघि पितृलाई श्रद्धापूर्वक सम्झिनुपर्ने चलन रहेको छ।

पितृपक्षको समयमा पशुपति, उपत्यकाको उत्तरपूर्वी गोकर्णेश्वर, उत्तरगया, नुवाकोट, रसुवा, देवघाट, त्रिवेणी लगायतका तीर्थस्थलमा श्राद्ध गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ।

पितृपक्षको समापनसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुँदैछ।

Leave a comment