
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी (पोखरीडाँडा)का ५० वर्षीय शिवप्रसाद ढकालको अमेरिकामा निधन भएको छ।
विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका ढकालको गत शुक्रबार सान्फ्रान्सिस्कोमा उपचारको क्रममा मृत्यु भएको स्थानीय ईश्वर ढकालले जानकारी दिए। केही दिनदेखि बिरामी परेका उनले अस्पतालमा उपचार भइरहेको अवस्थामा निधन भएको बताइएको छ।
उनको अमेरिकामै अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। नेपालमा भने श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।