Join our Channel

कांग्रेस प्रतिनिधिले मागे विशेष महाधिवेशन, खड्कालाई बुझाए हस्ताक्षर

कांग्रेस प्रतिनिधिले मागे विशेष महाधिवेशन, खड्कालाई बुझाए हस्ताक्षर

नेपाली कांग्रेस का १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्।

बुधबार पार्टी कार्यालय सानेपामा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २२ सय ८८ प्रतिनिधिको हस्ताक्षर बुझाइएको हो। कांग्रेस नेता गुरुराज घिमिरे का अनुसार, विधानको धारा १७(२) अनुसार महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशतको मागमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक प्रावधान रहेको छ।

नेता घिमिरेले भने, “पार्टीको केन्द्रीय समितिले यस निवेदनका विषयमा उचित निर्णय लिने विश्वास राख्छौँ। नियमित महाधिवेशनको तयारीमा पार्टीले अग्रसरता नदेखाएको कारण हामीले वैधानिक बाटो खोलिदिएका छौँ।”

उनीहरूले आगामी निर्वाचन तयारीका लागि मंसिरभित्रै महाधिवेशन हुनुपर्ने पनि जोड दिएका छन्। यसअघि, पार्टीका युवा नेताहरूले पनि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।

Leave a comment