
तीन कारोबार दिन लगातार गिरावटपछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले बढेको छ। आज नेप्से २६.५३ अंकले बढेर २,६२२.२८ विन्दुमा पुगेको छ। यो वृद्धिसँगै लगानीकर्तामा केही उत्साह देखिएको छ।
आजको कारोबारमा कुल १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ। कुल १३ वटा उपसमूहमध्ये “उत्पादन तथा प्रशोधन” समूह मात्र ३९.४५ अंकले घट्दा बाँकी सबै उपसमूहमा हरियाली छायो।
आज ७४,७५२ पटकको कारोबारबाट १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच भइ कुल कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ पुगेको छ।
सबैभन्दा बढी मूल्य वृद्धि भएका कम्पनीहरू:
- सप्तकोशी विकास बैंक: ९.९९%
- बिन्दाबासिनी हाइड्रोपावर: ८.९७%
- माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५: ८.१०%
- ग्रिन भेन्चर: ६.९५%
- त्रिशुली जलविद्युत्: ५.९२%
लगातार ओरालो लागेको बजार आज सकारात्मक संकेतमा फर्किन थालेको प्रष्ट देखिन्छ। आगामी दिनमा पनि लगानीकर्ताको विश्वास कायम रहे बजार थप स्थिर र सकारात्मक हुने आशा गरिएको छ।