
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि लागू हुने गरी अन्तिम मूल्य गणना विधि परिवर्तन गरेको छ।
नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगित गर्ने पत्र पठाएसँगै अब २:४५ मिनेटदेखि ३ बजे सम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू हुनेछ।
यसअघि नेप्सेमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था थियो। नयाँ विधि अनुसार, यदि २:४५–३ बजे कुनै कारोबार नभएमा पनि अन्तिम कारोबार मूल्यको आधारमा सुचांक गणना हुनेछ।
परिवर्तित व्यवस्था आइतबार प्राधिविक परीक्षण गरिनेछ र मंगलबारदेखि पूर्ण रूपमा लागू हुनेछ।
यो कदम लगानीकर्ताबाट उठेका सुझावपछि अर्थमन्त्री रामेश्वर खनालको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डले लिएको निर्णय हो। अघिल्लो सातामा अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेपछि समय अगावै कारोबार बन्द भएको थियो। त्यसपछि पुँजी बजारमा देखिएका समस्या समाधानका लागि कार्यदल गठन गरिएको थियो।