
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। कारोबारको अन्त्यमा नेप्से सूचक ३५.०९ अंकले घट्दै २७२५.७१ अंकमा अडिएको छ।
आज ३२१ वटा स्क्रिप्टको कुल २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर खरिदबिक्री भएका छन्। आजको कारोबार रकम ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ पुगेको छ, जुन हालको बजारका लागि उल्लेखनीय हो।
यसदिन माइखोला हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले मुनाफा कमाएका छन् भने सामुदायिक लघुवित्त र धौलागिरी लघुवित्तका लगानीकर्ताहरूले घाटा व्यहोरेका छन्।
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सेयरमा सबैभन्दा धेरै कारोबार भयो। कम्पनीको ४० करोड ८८ हजार रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भई यसले कारोबारको शीर्ष स्थान ओगट्न सफल भयो।
नेपाल राष्ट्र बैंकले हालै ल्याएको लचक मौद्रिक नीतिपछि बजारमा एकछिन उत्साह देखिएको थियो। तर, नीति लागू भएको दोस्रो दिनमै बजारले गिरावट अनुभव गर्यो। मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन नेप्से परिसूचकमा हरियाली देखिएको भए तापनि त्यो स्थायीत्वमा रहन सकेन।