Join our Channel

नेप्सेमा लगातार वृद्धि, ९ अर्ब ६४ करोडको सेयर कारोबार

नेप्सेमा लगातार वृद्धि, ९ अर्ब ६४ करोडको सेयर कारोबार

नेपाली शेयर बजार (नेप्से) लगातार पाँच दिनदेखि उकालो लागिरहेको छ। बुधबार नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.८६ विन्दुमा पुगेको छ।

शेयर बजार शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको हो।

बुधबारको कारोबारमा १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको सेयर घटेको छ।

कुल ९६ हजार ४११ पटकको कारोबारबाट २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उपसमूहमा सेयर घटे भने अन्य उपसमूह उकालो लागे।

सबैभन्दा बढी जिवन बीमा उपसमूह ३४५.८८ अंक र निर्जीवन बीमा उपसमूह २७९.१९ अंकले बढे।

बढी लाभ कमाउने कम्पनीहरूमध्ये नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले उकालो लाग्यो।
त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयर ७.१७ प्रतिशत, समृद्धि फाइनान्सको ७.०८ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्टको ६.७८ प्रतिशत र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले बढ्यो।

विश्लेषकहरूका अनुसार लगानीकर्ताको विश्वास पुनः बृद्धि भइरहेको देखिन्छ।

Leave a comment