Join our Channel

नयाँ सरकार गठनसँगै कर्फ्यु र निषेधाज्ञा हट्यो, जनजीवन सामान्य

नयाँ सरकार गठनसँगै कर्फ्यु र निषेधाज्ञा हट्यो, जनजीवन सामान्य

नयाँ सरकार गठन भएसँगै मुलुकभर लगाइएका कर्फ्यु र निषेधाज्ञा हटेको छ। लामो समयदेखि आन्दोलन र राजनीतिक अस्थिरताका कारण अवरुद्ध जनजीवन फेरि सामान्य बन्दै गएको छ।

सुरक्षा निकायका अनुसार अहिले शान्ति सुरक्षाको अवस्था सामान्य छ भने आम नागरिक आफ्नो पेसा–व्यवसायमा फर्किएका छन्। विशेषगरी युवापुस्तादेखि सम्पूर्ण देशवासीमा नयाँ सरकारप्रति आशा र उत्साह छाएको छ।

जेनजी पुस्ताको आन्दोलन र मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। सरकारको प्राथमिकता भ्रष्टाचारविरुद्ध कदम चाल्ने र सुशासन प्रवर्द्धन गर्ने रहेको छ।

वर्तमान सरकारले जनतामा शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउने प्रतिबद्धता जनाएको छ। साथै, तोकिएको ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेको छ।

Leave a comment