Join our Channel

विरेन्द्रनगरले सार्वजनिक गर्‍यो ४ अर्ब ३८ करोडको बजेट, कुन क्षेत्रमा कति खर्च हुनेछ?

विरेन्द्रनगरले सार्वजनिक गर्‍यो ४ अर्ब ३८ करोडको बजेट, कुन क्षेत्रमा कति खर्च हुनेछ?

विरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख नीलकण्ठ खनालले मंगलबार बसेको १७ औं नगरसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा चालु खर्चका लागि १ अर्ब ५९ करोड ४२ लाख ३० हजारपुँजीगत खर्चका लागि २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार रुपैयाँ छुट्याइएको छ।

मुख्य आयश्रोतहरुः

विरेन्द्रनगर नगरपालिकाले विभिन्न स्रोतबाट प्राप्त हुने अनुमानित आम्दानी यस प्रकार प्रस्तुत गरेको छ:

  • संघीय ससर्त अनुदान — २ अर्ब २० करोड ८ लाख
  • संघीय वित्तीय समानीकरण अनुदान — २४ करोड २४ लाख
  • संघीय राजस्व बाँडफाँट — २० करोड ५७ लाख ९३ हजार
  • प्रदेश ससर्त अनुदान — ३७ करोड ६१ लाख ३६ हजार
  • प्रदेश समानीकरण अनुदान — ३ करोड ३४ लाख ५३ हजार
  • आन्तरिक आय — ५१ करोड ६३ लाख ५० हजार
  • सामाजिक सुरक्षा अनुदान — ४० करोड
  • सम्पत्ति, मनोरञ्जन, जग्गा रजिष्ट्रेसन कर — १५ करोड
  • सेवा शुल्क — २ करोड ५० लाख
  • चालु वर्षका बाँकी आयोजनाबाट — ४१ करोड २७ लाख ८३ हजार

प्रमुख योजनाहरू र बजेट विनियोजन:

भेरी पम्पिङ खानेपानी आयोजना

संघीय र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको यस योजनाका लागि ११ करोड ६० लाख म्याचिङ फन्ड छुट्याइएको छ।

सहरी सौन्दर्यकरण र पूर्वाधार विकास

  • ट्राफिक लाइट, सीसी क्यामेरा, हाइमास्ट लाइट जडान — १२ करोड
  • घण्टाघर पार्क लगायत पार्क निर्माण — २२ करोड ३४ लाख

यातायात व्यवस्थापन

  • नगर बस खरिद — २ करोड

वडास्तरीय गौरवका पूर्वाधार आयोजना

  • प्रत्येक वडामा न्यूनतम ५० लाख लागतका योजनाहरू — १९ करोड २८ लाख

नगरको दीर्घकालीन लक्ष्य:

विरेन्द्रनगरलाई:

  • शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर
  • महिला मैत्री, समावेशी र सहभागी नगरपालिका
  • सरसफाइयुक्त, वातावरणमैत्री र व्यवस्थापित राजधानी
    का रूपमा विकास गर्ने बजेटको मूल उद्देश्य रहेको उपप्रमुख खनालले बताए।

Leave a comment