Join our Channel

एनआईसी एशिया बैंकका ग्राहकलाई रुपन्देहीको एशियन बुद्ध होटलमा १५% छुट सुविधा

एनआईसी एशिया बैंक र एशियन बुद्ध होटल, रुपन्देही बीच नयाँ सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले होटलमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशत छुट पाउनेछन्।

ग्राहकहरूले सिद्धार्थनगर, रुपन्देहीस्थित एशियन बुद्ध होटलमा कुनै पनि सेवा लिँदा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार, यस सुविधा ग्राहकहरूलाई अर्थत: बचत र सुविधा उपलब्ध गराउने मात्र होइन, मुलुकमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न पनि सहयोग पुर्‍याउनेछ।

यस समझदारीले बैंक र होटल दुबैको ग्राहक अनुभवलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

Leave a comment