Join our Channel

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार भएको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरा गत आइतबार पक्राउ परेका थिए। यसअघि पनि उनी २०८० साल चैत ५ गते भैरहवाबाट पक्राउ परेका थिए तर पछि तारेखमा रिहा भएका थिए।

ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरूसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रहरीका अनुसार, अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय रुपैयाँ बराबरको सुन बिक्री गरी आपराधिक समूह बनाई संगठित आपराधिक लाभ लिएको प्रमाण भेटिएको हो। त्यसका आधारमा उनलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध ऐन अन्तर्गत अनुसन्धानका लागि पुर्पक्ष थुनामा राखिएको बताइएको छ।

Leave a comment