Join our Channel

१६ वर्षमै मनास्लु हिमाल आरोहण गर्दै निमा छिरिङ शेर्पाको विश्व–रेकर्ड

१६ वर्षमै मनास्लु हिमाल आरोहण गर्दै निमा छिरिङ शेर्पाको विश्व–रेकर्ड

फक्ताङलुङ गाउँपालिका–६, लेलेप ताप्लेजुङका निमा छिरिङ शेर्पाले मात्र १६ वर्ष ४ महिना १८ दिनको उमेरमा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका छन्।

इलाइट ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्धक तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम लेखाएका मिङ्मा डेभिड शेर्पाका अनुसार, निमा हालसम्मकै सबैभन्दा कम उमेरका आरोही बनेका हुन् जसले मनास्लु हिमालमा पाइला टेके।

यसअघि सङ्खुवासभाका निमारिञ्जी शेर्पाले १६ वर्ष ५ महिना १२ दिनको उमेरमा मनास्लु आरोहण गरेर रेकर्ड बनाएका थिए। तर त्यो रेकर्ड निमा छिरिङले तोडेका छन्।

निमा, आरोही मिङ्मा डेभिड शेर्पाका सहोदर भतिजो पनि हुन्।
उनले आइतबार बिहान मनास्लु हिमालको शिखरमा पुग्न सफल भएको इलाइट कम्पनीले जनाएको छ।

Leave a comment