Join our Channel

राष्ट्र बैंकले ल्यायो नयाँ लाभांश वितरण मार्गदर्शन, पारदर्शिता र सुरक्षित प्रणालीमा जोड

राष्ट्र बैंकले ल्यायो नयाँ लाभांश वितरण मार्गदर्शन, पारदर्शिता र सुरक्षित प्रणालीमा जोड

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूका लागि “लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२” सार्वजनिक गरेको छ। यो मार्गदर्शन लाभांश वितरणमा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम गर्न ल्याइएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितका अनुसार, “संस्थाहरूले आर्जन गरेको मुनाफाको वितरण तथा पुनःलगानी अझ प्रभावकारी बनाउने, जोखिम बहन गर्न सक्ने क्षमता वृद्धि गर्ने र भुक्तानी प्रणालीलाई स्वस्थ, सुरक्षित र सक्षम बनाउने उद्देश्यसहित यो मार्गदर्शन जारी गरिएको हो।”

मुख्य विशेषताहरू:

  • लाभांश नीतिहरू सञ्चालक समितिबाट पारित हुनुपर्ने
  • नगद लाभांश र शेयर लाभांश छुट्याउने नीति स्पष्ट हुनुपर्ने
  • जोखिम बहन कोषजगेडा कोषमा मुनाफाको निश्चित प्रतिशत छुट्याउनुपर्ने
  • अप्रत्याशित घटनाबाट हुने जोखिम व्यवस्थापनको लागि ती कोष प्रयोग गर्न सकिने
  • पूर्वाधार विकास कोषको व्यवस्था गरी मुनाफाको निश्चित हिस्सा त्यसमा राख्नुपर्ने
  • लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नभएको प्रमाणित हुनुपर्ने
  • वास्तविक नगद मौज्दात नभएसम्म नगद लाभांश वितरण गर्न नपाइने

राष्ट्र बैंकको अनुसार, यो मार्गदर्शनले अनियन्त्रित लाभांश वितरणमा रोक लगाउने र नियामकीय पूँजी सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Leave a comment