Join our Channel

पाल्पामा जिप दुर्घटना: २ जनाको ज्यान गयो, चालक गम्भीर घाइते

पाल्पामा जिप दुर्घटना: २ जनाको ज्यान गयो, चालक गम्भीर घाइते

पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा आइतबार बेलुका एक बोलेरो पिकअप जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

लु १ च ६७५६ नम्बरको बोलेरो जिप अण्डा लोड गरेर वीरकोटबाट रामपुरतर्फ जाँदै गर्दा अचानक सडकबाट चिप्लिएर करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा परेर सवारीधनी ४५ वर्षीय विनोद ढुङ्गाना र ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको हो। ढुङ्गाना पाल्पाको गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवामा बसोबास गर्दै आएका थिए। सुनार पनि बुटवल उपमहानगरपालिका–११ का बासिन्दा हुन्।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले उद्धार गरी तीनैजनालाई लुम्बिनी मेडिकल कलेज प्रभास र मिसन अस्पताल तानसेन पुर्‍याएका थिए। उपचारको क्रममा चिकित्सकहरूले ढुङ्गाना र सुनारलाई मृत घोषणा गरेका हुन्।

जिप चालक ३० वर्षीय राजु खड्का गम्भीर घाइते छन् र हाल लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन्। प्रहरीका अनुसार अण्डा बोकेको जिप अचानक चिप्लिएर दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Leave a comment