Join our Channel

बर्दियामा नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ, स्थानीय ठग्ने १९ वर्षीय युवक नियन्त्रणमा

बर्दियामा नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ, स्थानीय ठग्ने १९ वर्षीय युवक नियन्त्रणमा

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९ का १९ वर्षीय अर्जुन रोकाय नक्कली प्रहरी सहायक निरीक्षकको रुपमा ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनले आफूलाई प्रहरी सहायक निरीक्षक भएको भन्दै स्थानीय होटल तथा पसलहरूमा उधारो सामान लिने कार्य गर्दै आएका थिए। यस्तै व्यवहारबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार, रोकाया कुनै पनि प्रहरी संगठनमा आबद्ध नभएको पुष्टि भएको छ। अनुसन्धानका क्रममा उनले झुठो पद सिर्जना गरी स्थानीयलाई डर देखाउँदै ठगी गर्दै आएको खुलेको छ।

डीएसपी डमरपालले भने, “रोकायले काल्पनिक पदको दाबी गरेर स्थानीयलाई हैरान बनाउँदै आएको पाइयो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले आम नागरिकलाई सतर्क रहन र यस्ता झुठा व्यक्तिबाट ठगिन नदिन अपिल गरेको छ।

Leave a comment