Join our Channel

पाल्पामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

पाल्पामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

पाल्पामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–९ का २८ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए। मृतक विक लु १३ प ८६३५ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिए।

प्रहरीका अनुसार, तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो करिब साढे २ बजे कालीगण्डकी करिडोरको तुरुङ्दी खोलामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते चार जनालाई तत्कालै रामपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, गम्भीर घाइते अर्जुन विकलाई चिकित्सकले मृत घोषणा गरेका छन्।
अन्य तीन जना घाइतेको उपचार हाल रामपुर अस्पतालमै भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

घाइते हुनेमा —

  • बिष्णु प्रसाद विक (५१ वर्ष) — बगनासकाली–९, पाल्पा (मोटरसाइकल चालक)
  • विवेक भट्टराई (२९ वर्ष) — चापाकोट नगरपालिका–९, स्याङ्जा
  • दीपक पाण्डे — तिलोत्तमा नगरपालिका–५, मणिग्राम, रुपन्देही

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a comment