Join our Channel

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट, १७ वर्षीय युवक पक्राउ

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट, १७ वर्षीय युवक पक्राउ

बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चन्द्रबहादुर सिंहमाथि बुधबार बिहान ड्युटीका क्रममा कुटपिट भएको छ।

बिहान करिब ३ बजे पथलैयास्थित राजमार्गमा सवारीसाधन जाँच गरिरहेका बेला ट्रकमा सवार १७ वर्षीय युवकले असई सिंहमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट सिंहको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाउन परेको छ। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ।

प्रहरीका अनुसार, मधेश प्र.०३–००१ त ८९१४, मधेश प्र.०३–००१ त ८११२मधेश प्र.०३–००१ त ८८८५ नम्बरका ट्रकहरू जाँच गर्ने क्रममा विवाद भएको थियो। ती ट्रकमा धान काट्ने मेसिन लोड गरिएको थियो। सो क्रममा एउटा ट्रकमा सवार पर्सागढी नगरपालिका–५ का युवकले असई सिंहमाथि कुटपिट गरेका हुन्।

घटनापछि ट्राफिक प्रहरीले युवकलाई नियन्त्रणमा लिएर सिमरास्थित इलाका प्रहरी कार्यालयमा बुझाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Leave a comment