Join our Channel

नेपालमा पेट्रोल प्रतिलिटर २ रुपैयाँले मूल्य घट्यो, नयाँ दर सार्वजनिक

नेपालमा पेट्रोल प्रतिलिटर २ रुपैयाँले मूल्य घट्यो, नयाँ दर सार्वजनिक

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाउने निर्णय गरेको छ। निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको हो।

इण्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.५६ रुपैयाँ र डिजेलमा ०.२५ रुपैयाँले घटेको जानकारी निगमले दिएको छ। तर, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

नयाँ दरअनुसार:

  • काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ,
  • सुर्खेत र दाङमा १५८ रुपैयाँ,
  • अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

मूल्य घटेसँगै उपभोक्ताले केही आर्थिक राहत पाउने अपेक्षा गरिएको छ। निगमले इन्धन मूल्य समायोजनमा भारतीय बजारमा हुने उतारचढाव र विनिमय दरको प्रभाव मुख्य कारण रहेको बताएको छ।

Leave a comment