Join our Channel

प्रधानमन्त्री कार्यालयको चेतावनी: सार्वजनिक सेवामा ढिलासुस्ती वा घुस खोरिलाई हटलाइनमा फोन गर्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सार्वजनिक सेवामा ढिलासुस्ती वा घुस खोरिलाई हटलाइनमा फोन गर्नुहोस्

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक सेवाग्राहीलाई ढिलासुस्ती, काम पन्छाउने, घुस–रिसवत माग्ने वा अपमानजनक व्यवहारका घटनाहरू प्रत्यक्ष रिपोर्ट गर्न आग्रह गरेको छ।

शनिबार जारी सूचना अनुसार, सार्वजनिक सेवा प्रवाह गर्ने कुनै पनि मन्त्रालय, कार्यालय वा निकायमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी वा अपमानजनक व्यवहार भएमा सिधै फोन गरेर जानकारी दिन सकिने व्यवस्था गरिएको छ।

प्रधानमन्त्री कार्यालयले यसका लागि हटलाइन नम्बर: ९८५११४५०४५ सार्वजनिक गरेको छ।

सूचनामा उल्लेख छ:

“सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस–रिसवत माग्ने वा अपमानजनक व्यवहार भएमा माथिको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।”

Leave a comment