Join our Channel

दशैं मनाउन घर फर्कने यात्रुहरूको चाप बढ्दै

दशैं मनाउन घर फर्कने यात्रुहरूको चाप बढ्दै

बडादशैं नजिकिँदै जाँदा राजधानी काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको संख्या तीव्र रूपमा बढ्न थालेको छ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका प्रमुख स्थानहरूमा यात्रुको भीड बढेको देखिन्छ। उपत्यकाका विभिन्न नाकाबाट यसअघिका वर्षको तुलनामा यस वर्ष घटस्थापना अघि नै बढी संख्यामा सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, दक्षिणकाली–हेटौँडा मार्ग र कान्ति राजमार्ग हुँदै यात्रुहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

यस वर्षपनि १५ लाख भन्दा बढी सर्वसाधारणले दशैं घरमा परिवारसँग मनाउने उद्देश्यले उपत्यका छाड्ने अनुमान गरिएको छ।

Leave a comment