Join our Channel

पार्टी कार्यालय पुगे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’: नयाँ र भव्य भवन बनाउने घोषणा

पार्टी कार्यालय पुगे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’: नयाँ र भव्य भवन बनाउने घोषणा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन्।

हालैको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेको पार्टी कार्यालयको अवस्था अवलोकन गर्न उनी कार्यालय पुगेका हुन्।

निरीक्षणका क्रममा दाहालले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउनका लागि नयाँ र भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेका छन्।

उनले कार्यालय ध्वस्त भए पनि माओवादी केन्द्रको आत्मबल अझै बलियो रहेको भन्दै नयाँ संरचना निर्माणमार्फत पार्टीलाई अझ सबल बनाइने बताएका छन्।

Leave a comment