Join our Channel

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध, यात्रु बाटैमा अलपत्र

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध, यात्रु बाटैमा अलपत्र

निरन्तर वर्षापछि महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

स्थानीय शेरसिंह कार्कीका अनुसार, बिहानै सडक माथिबाट ठूलो पहिरो खस्दा सवारी आवागमन रोकिएको छ। महेन्द्रनगर, धनगढी, काठमाडौं तथा सदरमुकामसँगको सडक सम्पर्क टुटेपछि यात्रुहरू बाटोमै रोकिएका छन्।

यसैबीच, पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन्। खोड्पे–बझाङ सडक खण्डको मुस्याखानमा खसेको पहिरो हटाइएपछि सवारी सञ्चालन सहज भएको हो।

Leave a comment