Join our Channel

सरकारको अनुहार प्रहरी हो, सुधार गर्नुपर्ने जरुरी छ : अध्यक्ष पुष्पकमल दाहाल

सरकारको अनुहार प्रहरी हो, सुधार गर्नुपर्ने जरुरी छ : अध्यक्ष पुष्पकमल दाहाल

सरकारको अनुहार प्रहरी हो, सुधार गर्नुपर्ने जरुरी छ : अध्यक्ष पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी प्रशासनलाई सरकारको अनुहारको रूपमा परिभाषित गरेका छन्।

बुधवार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दाहालले जनताले सरकारलाई हेर्ने पहिलो माध्यम प्रहरी हुने उल्लेख गरे।

उनले भने, “प्रहरी र शान्ति सुरक्षाको अवस्था सिधै सरकारको छवि हो। प्रहरी राम्रो भयो भने सरकारप्रतिको धारणा पनि सकारात्मक हुन्छ।”

तर, उनले हालसम्मको अनुभव अनुसार प्रहरीको नेतृत्व तहमा सुधार भए पनि फिल्ड तहमा भने अझै गम्भीर समस्या रहेको स्पष्ट पारे।

“माथिल्लो तहमा कुराकानी गर्दा त ठीकै लाग्छ, तर फिल्डमा पुग्दा जनताले तितो अनुभव गर्छन्,” उनले भने। “यी समस्या समाधान गर्न प्रहरीसम्बन्धी कानुनमा आवश्यक संशोधन गरिनुपर्छ।”

दाहालले लोकतन्त्र बलियो बनाउन र जनतामुखी सेवा प्रवाह सुनिश्चित गर्न प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

उक्त बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न तयार पारिएको विधेयकमाथि सैद्धान्तिक छलफल पनि गरिएको थियो।

Leave a comment