Join our Channel

काकाको नाउँमा परीक्षा दिन गएका भतिजा पक्राउ, काठमाडौंको जनप्रशासन क्याम्पसबाट पक्राउ

काकाको नाउँमा परीक्षा दिन गएका भतिजा पक्राउ, काठमाडौंको जनप्रशासन क्याम्पसबाट पक्राउ

नक्कली परीक्षार्थी बनेर काकाको नाउँमा परीक्षा दिन गएका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्।

जुम्ला चन्दननाथ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएका २६ वर्षीय केशव रोकाया आफ्नै काका दानबहादुर रोकायाको नाउँमा परीक्षा दिन गएका थिए।

काठमाडौं महानगरपालिका–१४ स्थित जनप्रशासन क्याम्पसमा मंगलबार भएको एमपीए (M.P.A.) तेस्रो सेमेस्टरको परीक्षा दिन पुगेका केशवलाई शंका लागेपछि क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी दिएको थियो।

जानकारी पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, केशव रोकायाविरुद्ध शिक्षासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। साथै, अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइएको जानकारी दिइएको छ।

यस घटनाले उच्च शिक्षामा देखिएको नक्कली परीक्षार्थी समस्या र शैक्षिक बेथिति उजागर गरेको छ।

Leave a comment