
प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। यही कात्तिक १५ गतेदेखि झापाको शिवसताक्षी नगरपालिका–स्थित दुधे रंगशालामा प्रतियोगिता सुरु हुने भएको हो।
आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लब महिला टिम र चर्च ब्वाइज युनाइटेड महिला टिमबीच प्रतिस्पर्धा हुनेछ।
त्यसपछि, दोस्रो खेल कात्तिक १६ गते हुनेछ, जसमा नेपाल एपीएफ फुटबल क्लब र भारत सिक्किमको सिङ्लिङ स्पोर्टिङ क्लबबीच भिडन्त हुनेछ।
तेस्रो खेल कात्तिक १७ गते खेलिनेछ, जसमा संकटा फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य महिला फुटबललाई ग्रामीण तहसम्म प्रोत्साहन गर्ने र झापा जिल्लालाई महिला खेलकुदको केन्द्रका रूपमा विकास गर्ने रहेको छ।