
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई पद तथा गोपनीयता सपथ ग्रहण गराएपछि बधाई ज्ञापन गरेका छन्।
बधाई दिने क्रममा राष्ट्रपति पौडेलले भावुक हुँदै भने, “धेरै धेरै बधाई छ। देश सफल होस्, जनता बचून।” राष्ट्रपति पौडेलको भनाइमा प्रधानमन्त्री कार्कीले टाउको हल्लाउँदै सहमति जनाएकी थिइन्।
यससँगै प्रधानमन्त्री कार्कीले नेपालको राजनीतिक नेतृत्व सम्हाल्दै नयाँ यात्राको सुरुवात गरेकी छन्। राजनीतिक स्थिरता र शान्ति कायम राख्न उनले अब जिम्मेवारी बहन गर्नुपर्नेछ।