Join our Channel

६ महिनाभित्र नयाँ निर्वाचन गराउने जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा

६ महिनाभित्र नयाँ निर्वाचन गराउने जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र नयाँ निर्वाचन गराउने शर्तसहित नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार कार्कीलाई मुलुकमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्दै, संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।

कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी छन्। राष्ट्रपतिले संविधानको पालना, राष्ट्रिय एकताको प्रवर्द्धन र युवापुस्ताले उठाएको आकांक्षा सम्बोधन गर्ने जिम्मेवारी पनि कार्कीको काँधमा भएको बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजै संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

Leave a comment