Join our Channel

जेन-जी आन्दोलनपछि एक महिनामै घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व उठ्यो

जेन-जी आन्दोलनपछि एक महिनामै घरजग्गा रोबारबाट २ अर्ब ७५ करोड राजस्व उठ्यो

जेन-जी आन्दोलन र चाडपर्वका कारण केही समय थलिएको घरजग्गा कारोबार फेरि गतिमा आएको छ।
गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूले कूल रु २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन गरेका छन्।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो। त्यसको असर असोज महिनाको राजस्व संकलनमा देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

राजस्व संकलन विवरण

विभागका अनुसार असोज महिनामा

  • सेवा कर: रु २१ करोड ३० लाख ७५ हजार २६०
  • रजिस्ट्रेशन शुल्क: रु १ अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५
  • पुँजीगत लाभकर: रु १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७
    संकलन भएको छ।

विभिन्न मालपोत कार्यालयको राजस्व

  • चाबहिल मालपोत कार्यालय, काठमाडौं: रु २७ करोड ४२ लाख ९६ हजार २१०
  • कलंकी मालपोत कार्यालय (आगलागीबाट प्रभावित): रु ४१ लाख ५० हजार ३७१
  • बुटवल मालपोत कार्यालय: रु ५ करोड ३ लाख ५६ हजार ६३९
  • दमक मालपोत कार्यालय, झापा: रु २ करोड ८६ लाख ४१ हजार ३९०
  • मनमैजु मालपोत कार्यालय, काठमाडौं: रु ४ करोड ७७ लाख २३ हजार ३६१

घरजग्गा कारोबार तथ्यांक

गत असोज महिनामा देशभर

  • २३ हजार ३५३ वटा लिखत पारित
  • २ हजार ४४२ वटा नामसारी
  • २३ हजार ९१४ रोक्का
  • १७ हजार ९३० फुकुवा
    भएका छन्।

कुल ७९ हजार ७३९ घरजग्गा सम्बन्धी कारोबार भएको विभागले जनाएको छ।

आन्दोलनको असर, तर कारोबार पुनः सक्रिय

विभागका अधिकारीहरूका अनुसार, जेन-जी आन्दोलनका कारण केही समय राजस्व संकलन सुस्त भए पनि असोजको अन्त्यतिर कारोबार पुनः सक्रिय भएको छ।
त्यसका कारण कार्तिक महिनाबाट राजस्व वृद्धिको अपेक्षा गरिएको छ।

Leave a comment