Join our Channel

सार्वजनिक यातायातमा आजदेखि रुट परमिट खुला, असोज २२ गतेसम्म

सार्वजनिक यातायातमा आजदेखि रुट परमिट खुला, असोज २२ गतेसम्म

चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार देशभरका यात्रुवाहक सार्वजनिक सवारी साधनहरूलाई यात्रु आवागमन सहज बनाउन अस्थायी रूपमा रुट परमिट खुला गरिएको हो।

मुख्य व्यवस्था

  • अब रुट नलिई पनि सार्वजनिक यातायात गन्तव्यस्थानसम्म जान पाउनेछन्।
  • विशेष प्रकृतिका कारण निषेध गरिएका मार्गमा भने प्रतिबन्ध यथावत रहनेछ।
  • यो सुविधा असोज २२ गतेसम्म मात्र कायम रहनेछ।
  • यात्रुले सार्वजनिक सवारी प्रयोग गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

मालबाहक सवारीमा प्रतिबन्ध

यसअघि सरकारले खाद्यान्न तथा अत्यावश्यक वस्तु बाहेकका ठूला ट्रेलर र मालबाहक सवारी साधनलाई नारायणघाट–काठमाडौँ खण्डमा पूर्णिमासम्म सञ्चालन नगर्ने निर्णय गरिसकेको छ।

Leave a comment